मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामबहादुर बमजनको घरमा प्रहरीको छापा,१६ देशका मुद्रा बरामद

काठमाडौँ – हत्या र यौन हिसां आरोपित रामबहादुर बमजनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तीमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

बमजनको बुढानीलकण्ठको हात्तिगौंडास्थित घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । ब्युराेका अनुसार उनकाे घरबाट अमेरिकन डलर, थाई, क्यानेडियन लगायतका मुद्रा बरामद भएको अझै पनि सीआईबीको टोली उनको घरमै रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बताएको छ । 

उनको घरबाट प्रहरीले कम्तीमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेन ड्राइभ पनि बरामद गरेको छ । सीआईबीले बमजनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए ।

आनीहरुको हत्या र यौन हिसांको आरोपित बमजनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा ब्युरोका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले घरमै पुगेर उनलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने थाहा पाएपछि घर दुई तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?