मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

५० औँ जन्मदिन मनाउँदै ऋतिक रोशन, यस्तो छ उनको जीवनशैली

काठमाडाैँ – बलिउड ‘स्टार’ ऋतिक रोशन आज आफ्नो पचासौँ जन्मदिन मनाउँदै छन् ।

सन् २००० मा ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेका उनले यहि फिल्ममा सबैभन्दा बढी अवार्ड जितेर रेकर्ड नै बनाए । विलासी जीवन जिउन ऋतिक विलासी कार,महँगा घडीका सौखिन छन् ।

आजको जन्मदिनको अवसरमा जानौँ उनको जीवनशैली र कमाई ।

गाडी र घडीका सौखिन

रिपोर्टहरूका अनुसार ऋतिकको कुल सम्पत्ति ३००० करोड छ । उनको घर बलिउड कलाकारको चर्चित घरमध्ये एक हो भने यो घर मुम्बईको जुहु वर्सोवा लिंक रोडमा अवस्थित छ । ३८००० बर्ग फिटमा बनेको यो घरको मूल्य लगभग १०० करोड भारतीय रुपैयाँ हो । 

उनीसंग विलासी गाडीहरू समेत छन् । रिपोर्टहरूका अनुसार उनीसँग १० भन्दा बढी महँगा गाडीको छन् । ऋतिक संग रोल्स रोय घोष्ट सिरिज २ छ । जसको मूल्य ७ करोड भारतीय रुपैयाँ पर्छ ।

योसंगै आउडी,मर्सिडिज र पोर्सा ब्राण्डका गाडीको कलेक्सन छ । उनीसँग महँगा घडी समेतका सोखिन हुन् । उनले यो कुरा एउटा अन्तरवार्ताका क्रममा समेत बताएका थिए ।

कति छ कमाई ?

ऋतिक बलिउडका फिट स्टारमध्ये एक हुन् । उनका विश्वभर कयौँ जिमहरू छन् । जसमध्ये ११ ओटा त भारतमै छ । उनले २०१३ मा आफ्नै ब्रान्ड लन्च गरेका थिए ।

उनी एक फिल्मका लागि ३५ देखि ७० करोड लिन्छन् । यसका अलावा विभिन्न बस्तुको विज्ञापन र जिमबाटै पनि उनी कमाई गर्छन् । बताइए अनुसार उनी एउटा विज्ञापन खेलेको ८ देखि १० लाख रुपैयाँ लिन्छन् ।

रिपोर्टका अनुसार उनको कुल कमाई १७० करोड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?