मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्डियन आइडल प्रतिस्पर्धी मेनुकाको ‘बादलु माथि’ गीत सार्वजनिक

काठमाडौँ– टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को उत्कृष्ट ११ मा पुगेकी नेपाली गायिका मेनुका पौडेलको नेपाली गीत सार्वजनिक भएको छ ।

गायक, सङ्गीतकार तथा गीतकार राजनराज सिवाकोटी र मेनुकाको संयुक्त स्वरमा ‘बादलु माथि’ वोलको गीत सार्वजनिक भएको हो ।  गीतमा राजनकै शब्द र सङ्गीत छ भने भिडियोमा नकुल खड्काको सम्पादन छ । 

रेबेल क्रियशनले बजारमा ल्याए सो गीतको अफिसियल भिडियोसमेत ल्याउने क्रियशनले जनाएको छ । गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताए ।

इन्डियन आइडलमा ‘सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको साङ्गीतिक उडानमा थप सफलता मिल्ने विश्वास आफूले लिएको राजनराजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?