मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रमोद र रोजिनाको ‘तिम्रो साथ विना’ ट्रेन्डिङमा

काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी रोजिना बस्नेत र प्रमोद खरेलको स्वरमा ‘तिम्रो साथ विना’ बोलको गीत  ट्रेन्डिङमा परेको छ । 

सोमबार सार्वजनिक गीत बुधबार बिहानसम्म ३ लाख ७४ लाख भ्यूज सहित सङ्गीत तर्फ ट्रेन्डिङमा परेको हो । 

यो गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको छ भने एरेन्ज अविनाश पासवानले गरेका हुन् ।

यसको भिडियोमा प्रमोद र रोजिना नै फिचर्ड छन् । अर्जुन तिवारीको निर्देशन रहेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।

प्रतियोगिताको टप ११ बाट बाहिरिएकी रोजिनालाई कोच प्रमोदले यसै गीतमार्फत गायनमा अवसर दिएका हुन्। गीतलाई गायक खरेलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?