मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘चित्रा’ निर्मातालाई नायिकाहरूको धोका ! कहाँ छिन् अन्जना ?

काठमाडौँ – आफ्नै फिल्मको प्रिमियरमा नदेखिएपछि नायिका अन्जना बराईली कहाँ छिन् भन्ने चासो बढेको छ । 

बोलाएको प्रायः फिल्मका प्रिमिएरमा पुग्ने उनी उनी आफ्नो अभिनय गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा मै सहभागी नभएपछि उनको खोजी भएको हो । हुन त उत्त प्रिमियरमा अन्य नायिका पनि उपस्थित रहेनन् ।

तर अर्की नायिका शुभेच्छा खड्का अमेरिका छिन् भने नेपालमै भएर मेनुका प्रधान र अन्जना कार्यक्रममा नपुगेका हुन् । 

कतिपयले यसलाई निर्माण पक्षसँगको असन्तुष्टिका रूपमा समेत चर्चा गर्दा अन्जना अहिले अहिले ‘पुजार सार्की’ अभिनय तरखरमा छिन् । जसको वर्कसप चलिरहेको छ ।

उनी पनि सहभागी भइरहेकी छन् । यही कारण उनी उपस्थित हुन नसकेको एका थरीको बुझाईका बिच उनले ‘चित्रा’ बारे एक पोस्ट पनि नगर्नु भने अर्थपूर्ण छ । 

हुन त चलचित्रको रिलिजको समयमा तीनै जना अभिनेत्रीहरूले आफूहरूलाई प्रचार प्रसारको लागि समय नदिएको भन्दै यसका निर्माता र निर्देशकको पहिलेबाटै गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?