मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘काँडेतार’ को च्यारिटी रोकिएपछि आक्रोशित नवल

काठमाडौँ – आफ्नो फिल्म ‘काँडेतार’लाई बीरगञ्जको हलमा च्यारिटी प्रदर्शनबाट रोक लगाएको भन्दै निर्माता, निर्देशक तथा अभिनेता नवल खड्का आक्रोशित भएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउने उल्लेख गरेका हुन् । 

फिल्मलाई निर्धारित फागुन २५ गते नै देशव्यापी प्रदर्शन गर्ने योजना रहेको उनको भनाइ छ । उनले लेखेका छन् –  ‘किन ? के कारण ? कसरी ? कसले ? बीरगञ्जमा पुस २८ गते देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को विशेष च्यारिटी शो हुनबाट रोक्यो ? यसको विस्तृत जानकारी प्रेस मिटमार्फत गराउने छौँ ।’

अघि उनी लेख्छन् – ‘हामीलाई थाहा छ कि हामीले हाम्रो राष्ट्रको हित र एकतालाई मजबुत पार्दै अगाडि बढ्नुको विकल्प छैन ।’

यसलाई देशभक्तिपूर्ण भावना सञ्चारित गर्ने अभियानमाथिको बाधा भनेको उनले यसबारे जनता सचेत हुन ढिला भइसकेको समेत उल्लेख गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?