मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाले पाउजु लगाउँदाको यस्तो छ फाइदा

हिन्दु धर्ममा नारीको सोह्र शृङ्गारलाई विशेष ध्यान दिने गरेको पाइन्छ ।

नारीको सोह्र शृङ्गारमा मेकअप मात्र हैन सुनचाँदी लगायतका गहनाहरूलाई पनि निकै महत्वपूर्ण स्थान दिइएको हुन्छ ।

त्यसैले विवाहित वा अविवाहित नारीहरू आफ्नो शृङ्गारमा निकै ध्यान दिन्छन् ।

नारीको पाउमा लगाउने पाउजु निकै महत्वपूर्ण गहनामा पर्छ । पाउजुको झन्कारलाई कवि तथा गीतकारहरूले विभिन्न प्रकारले व्याख्या गर्ने गर्छन् ।

पाउजुलाई नेपाली समाजमा मात्र नभइ पश्चिमाहरूले पनि केही महत्व दिएका छन् ।

पाउजुको इतिहास निकै लामो मानिन्छ । यतिसम्मकी मन्दिरमा राखिएका वा कुँदिएका देवीका मूर्तिहरूमा समेत पाउजु लगाएको देख्न सकिन्छ ।

पाउजु लगाउँदाका फाइदा

पाउजुबाट आउने छमछम आवाजले मनलाई शान्ति दिन्छ । जसले गर्दा मनलाई हलुंगो बनाउने र चाँदी चिसो भएकाले यसले शरीरलाई शीतलता पनि दिने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?