मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने विन्दालाल शाह कानु पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहट बुद्धावन नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विन्दालालले १ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?