मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘लाल सलाम’ फेब्रुअरीमा रिलिज हुने

काठमाडौं – विष्णु विशालसँग रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘लाल सलाम’ को लागि दर्शकले लामो समय कुर्नुपर्नेछ । फिल्मको रिलिज मिति सारिएको छ ।

ऐश्वर्या रजनीकान्त ‘लाल सलाम’ मार्फत नौ वर्षपछि निर्देशनमा फर्किएकी छिन् । ऐश्वर्या रजनीकान्त तमिल फिल्म ‘३’ र ‘वाइ राजा भाइ’ निर्देशनका लागि चर्चित छिन् । ऐश्वर्या रजनीकान्तको तेस्रो निर्देशनमा बनेको फिल्म ‘लाल सलाम’ यसअघि पोङ्गलको अवसरमा रिलिज हुने घोषणा गरिएको थियो तर अहिले यसको रिलिज मिति सारिएको छ ।

‘लाल सलाम’को पोङ्गल रिलिज स्थगित भएपछि अब फिल्मका निर्माताले फिल्मको नयाँ रिलिज मिति सार्वजनिक गरेका छन् । अब ‘लाल सलाम’ फेब्रुअरीमा रिलिज हुने घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति समेत सार्वजनिक गरेको छ ।

फिल्मको प्रोडक्सन हाउस ’लाइका प्रोडक्सन’ ले मंगलबार जनवरी ९ मा आफ्नो आधिकारिक एक्स ह्यान्डलमा घोषणा साझा गरेको हो । फिल्मको नयाँ पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘यो हाम्रो रथ उत्सव मनाउने समय हो। अब ‘लाल सलाम’ फेब्रुअरी ९ मा हलमा रिलिज हुँदैछ ।

’लाल सलाम’ एक खेलकुद नाटक हो, जसमा अभिनेता रजनीकान्त विस्तारित क्यामियो गर्दै देखिनेछन् । फिल्ममा विष्णु विशाल र विक्रान्त मुख्य भूमिकामा छन् । अब यो फिल्म पोङ्गलमा नभई फेब्रुअरी ९ मा विश्वभरका थिएटरमा रिलिज हुनेछ । ‘लाल सलाम’ लाई निर्देशक ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् भने लाइका प्रोडक्सनका सुबास्करन अल्लिराजाहले निर्माण गरेका हुन् ।

यस्तो छ, फिल्म ‘लाल सलाम’ को टिजर हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?