मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउथ सिनेमाका चर्चित अभिनेता नागार्जुन ‘ना सामी रंगा’ बाट सिल्वर स्क्रिनमा फर्कदै

काठमाडौं – साउथ सिनेमाका चर्चित अभिनेता नागार्जुन फेरि ठूलो पर्दामा रमाउन तयार छन् । उनी आफ्नो आगामी फिल्म ‘ना सामी रंगा’ बाट सिल्वर स्क्रिनमा फर्कदैछन् । मंगलबार फिल्मका निर्माताले बहुप्रतिक्षित यस फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । यो फिल्म विजय बिन्नीले निर्देशन गरेका हुन् । फिल्म जुन १४ जनवरीमा रिलिज हुनेछ ।

चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माताहरु प्रचार प्रसारमा व्यस्त भएका छन् । फिल्मको ट्रेलर आउन केही दिन अगाडि यसका गीतहरू पनि रिलिज भइसकेका छन् र अन्ततः यसको ट्रेलर पनि दर्शक सामु आएको छ । यो २ मिनेट ३२ सेकेन्डको ट्रेलर उत्सवबाट सुरु हुन्छ, जसमा नागार्जुन नाचिरहेको देखिन्छ । एक्सन र लभ स्टोरीलाई लिएर ट्रेलर अगाडि बढेको छ । फिल्मको ट्रेलरमा एकपछि अर्को धेरै गीतहरु पनि देख्न सकिन्छ ।

यसपछि ट्रेलरमा आशिका रंगनाथको प्रवेश छ । फिल्मको कथा यी दुईबीचको रोमान्ससँगै अगाडि बढ्छ । ’ना सामी रंगा’ २०१९ मलयालम फिल्म ’पोरिन्जु मरियम जोस’ को आधिकारिक तेलुगु रिमेक हो, जसलाई जोशीले निर्देशन गरेका थिए । फिल्ममा नागार्जुनका अलावा आशिका रंगनाथ, मिर्ना मेनन, अल्लारी नरेश, राज तरुण जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका छ । चलचित्रको संगीत ओस्कार विजेता एमएम किरावानीले दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?