मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिलेनमा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित

काठमाडौं – कुनै समय नेपाली चलचित्रमा नकारात्मक चरित्र ‘भिलेन’ मा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष ‘२०२४’ तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई ‘गुरुङ को-अपरेटिभ’ नामक संस्थाले सम्मान गरेको हो । भट्टको नेपाली चलचित्रमा योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन् । त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् । केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय थियो । उनले चाँडै नेपाल आएर चलचित्रमा काम गर्ने योजना रहेको बताएका छन् ।

अभिनेता विराज भट्टको सहयोगमा नेपाली चलचित्रमा प्रवेश गरेका भट्टले ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् भने दुई दर्जन बढी भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिकामा जम्न मद्दत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?