मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोचक घटना: कुकुरले ५ लाख ३० हजार रुपैयाँ खाइदिएपछि…

संसारमा अनेक खालमा घटना घट्छन् । कति घटना यस्ता हुन्छन् कि हामीलाई पत्याउन पनि मुस्किल पर्छ । अमेरिकामा हालै एक यस्तै घटना घटेको छ ।

अमेरिकाको एउटा राज्यमा एउटा कुकुरले ४ हजार डलर खाएको समाचार बाहिरिएपछि यतिबेला यो समचारले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत चर्चा पाइरहेको छ ।

अमेरिका स्थित एक शहरमा घरपालुका कुकुरले आफनै मालिको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

मालिकले ठेकेदारलाई दिन ठिक्क पारेको उक्त ४ हजार डलर सेसिल नामको कुकुरले खाइदिएको हो। एजेन्सीका अनुसार खाममा डलर राखेर मालिक घरबाहिर गएको र त्यसको करिब ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर टुक्राटुक्रा पारेको थियो।

७ वर्षको सेसिल नाम गरेको उक्त कुकुरले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भएकी छिन ।

उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?