मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हामी माझ रहेनन् बरिष्ठ संगीत सम्राट उस्ताद राशिद खान

काठमाडौं -भारतीय शास्त्रीय गायनका हस्ती उस्ताद राशिद खानको ५५ बर्षको मंगलबार निधन भएको छ । उस्ताद राशिद खान प्रोस्टेट क्यान्सरबाट पीडित राशिदको कोलकाताको एक अस्पतालमा उपचार क्रममा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार भेन्टिलेटर र अक्सिजन सपोर्टमा राखिएको राशिदको आज दिउँसो ३ः४५ बजे निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यसैबीच, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उस्ताद राशिद खानको निधनमा शोक व्यक्त गरेकी छिन् । उनले भनिन, ‘यो सिङ्गो देश र सिंगो संगीत जगतको लागि ठूलो क्षति हो । म धेरै दुखी छु । राशिद खान रहेनन् भन्ने कुरामा म अझै विश्वास गर्न सक्दिन।

गत महिना मस्तिष्कघात भएपछि उस्ताद राशिद खानको स्वास्थ्य निकै बिग्रिएको थियो । उनको सुरुमा टाटा मेमोरियल क्यान्सर अस्पतालमा उपचार भएको थियो । त्यसपछि उनले कोलकाताको अस्पतालमा लगिएको थियो ।

उत्तर प्रदेशको बदाऊनमा जन्मेका राशिद खान उस्ताद गुलाम मुस्तफा खानका भतिजा थिए । उनले आफ्नो मामा हजुरबुवा उस्ताद निसार हुसैन खान (१९०९-१९९३) बाट आफ्नो प्रारम्भिक प्रशिक्षण लिए । राशिद खान उस्ताद रामपुर–सहस्वान घरानाका गायक थिए। उनले ११ वर्षको उमेरमा पहिलो स्टेज प्रस्तुति दिएकी थिइन् ।

उस्ताद राशिद खानले शाहिद कपूर र करिना कपूरको फिल्म ’जब वी मेट’का लागि आफ्नो आवाजबाट ’आओगे जब तुम’ को बन्दी सजाउनुभएको थियो, जुन निकै लोकप्रिय भएको थियो। यसबाहेक उनले ‘माई नेम इज खान’, ‘राज ३’, ‘मन्टो’ र ‘शादी मे जरुर आना’ जस्ता फिल्ममा आफ्नो उपस्थितिको जादु फैलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?