मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-१ घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा रहेका छन् ।

उनीहरू समेतले वैदेशिक रोजगारीका लागि सर्बिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिकाश घलेलाई काठमाडौं महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाडौं सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?