मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एप्पलले आजकै दिन गरेको थियो आइफोन सार्वजनिक

काठमाडौं – सन् २००७ मा आजकै दिन ‘जनवरी ९’ मा एप्पल कम्पनीले पहिलो पटक आइफोन सार्वजनिक गरेको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एस्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

एप्पलले पहिलो आइफोनको बिक्री २००७ को जुन २९ देखि सुरु गरेको थियो । ३।५ इन्चको एलईडी डिस्प्ले र दुई मेगापिक्सलको क्यामेरा रहेको आइफोनको अपरेटिङ सिस्टम आईओएस ३।१।३ थियो । उक्त मोडलको मूल्य ४ जीबीको ४९९ र ८ जीबीको ५९९ अमेरिकी डलर तोकिएको थियो । लामो समयको चर्चा र चासोबीच सुरु भएको पहिलो आइफोनले स्मार्टफोनको बजारमा नयाँ उत्साह र रेकर्डसमेत कायम गरेको थियो ।

डेढ दशकभन्दा लामो यात्रामा एप्पलले पछिल्लो पटक १५ औं मोडल सार्वजनिक गरिसकेको छ । एप्पल कम्पनीका सहसंस्थापक जब्स आइफोनका पिता मानिन्छन् । उनी १९७० र ८० को दशकको ‘कम्प्युटर क्रान्ति’ का अगुवासमेत हुन् । उनको नेतृत्वमा एप्पलले विकास गरेका आइफोन र कम्प्युटर संसारमै चर्चित छन् । एप्पललाई प्रविधि कम्पनीका रूपमा सबैभन्दा सफल र शक्तिशाली बनाउने श्रेय पनि उनैलाई जान्छ ।

१९५५ को फेब्रुअरी २४ मा जन्मिएका जब्सले स्टिभ वोज्निआक र रोनाल्ड वायनसँग मिलेर १९७६ को अप्रिल १ मा एप्पल कम्पनी स्थापना गरेका थिए । कम्पनीले सोही वर्ष ‘एप्पल माइक्रो कम्प्युटर–१’ बनाएको थियो । २०११ अगस्ट २४ मा एप्पलको सीईओबाट राजीनामा दिएका जब्सको २०११ कै अक्टोबर ५ मा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?