मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपिका पादुकोण बिकिनीमा ऋतिक रोशनसँग रोमान्टिक मुडमा


काठमाडौं । बलिउड स्टार दीपिका पादुकोणले आफ्नो दमदार अभिनयका साथै बोल्डनेसले फ्यानहरूलाई छक्क पारेकी छिन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो फिल्ममा बोल्ड सिन दिन हिचकिचाउँदैनन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले धेरै फिल्ममा आफ्नो बोल्ड र इन्टिमेट दृश्यहरुबाट फ्यानको मुटुको धड्कन बढाएकी छिन् । हालै बहुप्रतिक्षित नयाँ चलचित्र ‘फाइटर’मा समावेश गरिएको एउटा गीतका कारण अभिनेत्री दीपिका यतिबेला चर्चामा छिन् । 

जसमा फेरि एकपटक अभिनेत्री दीपिका पादुकोणले आफ्नो बोल्ड बिकिनीले फ्यानहरूलाई चकित पारिन् ।  ‘इश्क जैसा कुच’ बोलको गीतमा दिएको ‘बोल्ड सिन’को कारण उनी चर्चामा आएकी हुन् । उक्त गीतमा दीपिकाले चलचित्रका मुख्य अभिनेता रित्तिक रोशनसँग रोमान्स गरेकी छन् । 

३८ वर्ष पुगेकी दीपिकाले सामुद्रिक तटमा बिकनी लगाएर नाचेको दृश्यलाई दर्शकहरुले निकै रुचाएका छन् । अहिलेसम्म भिडियोलाई साढे ४ करोडभन्दा धेरैले हेरिसकेका छन् । यो गीत यतिबेला युटुबको ट्रेन्डिङमा समेत छ ।

यशुराज नामका एक प्रयोगकर्ताले भिडियो कमेन्टमा लेखेका छन्, ‘दीपिकाको बोल्डनेसलाई बलिउडका अरु कुनै अभिनेत्री टक्कर दिन सक्दैनन् ।’ अर्का प्रयोगकर्ता पंकज अग्रवाल लेख्छन्, ‘३८ वर्ष पुगेकी दीपिका २०-२२ वर्षको तन्नेरी झै देखिएकी छन्, यो कसरी सम्भव छ ?’

अग्रवालकै कमेन्टमा प्रतिक्रिया दिँदै किरण जावेदले लेखेका छन्, ‘जति बुढो भए पनि दीपिकाको अदा सधैँ तन्नेरी नै देखिन्छ । यो उनको कला हो ।’ ‘एक्शन ड्रामा’ जनरामा बनेको चलचित्र ‘फाइटर’ आगामी जनवरी २५ बाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?