मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विनोद पौडेलको फिल्म ‘भुठान’ मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने

काठमाडौं– फिल्म ‘बुलबुल’ निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भुठान’ मा हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहने भएको छ ।

फिल्ममा यसअघि नेपाली कलाकार दयाहाङ राई र हरिवंश आचार्य अनुबन्ध भइसकेका छन् । यो फिल्म निर्माण घोषणा भएसँगै चर्चा कमाइरहेको छ ।

फिल्ममा अमेरिकाको ओहायो, पेन्सिलभेनिया लगायतका क्षेत्रमा बसोबास गर्ने भुटानी शरणार्थीको कथालाई देखाइने छ ।

हलिउड अभिनेता डर्न सन् सन् १९८९ मा रिलिज भएको फिल्म ‘कमिङ होम’ मा दुईपटक ओस्कारको मनोनयनमा परेका थिए । उनको यो फिल्ममा अभिनय गर्ने भएपछि नेपालमा समेत फिल्मको क्रेज देखिएको छ ।

साथै यो समाचारलाई अमेरिकन मिडियाले पनि चासोका साथ स्थान दिएका छन् ।

निर्देशक पौडेलले यो क्षण आफ्ना लागि खुशीको क्षण भएको र यसले नेपाल र अमेरिकालाई पनि जोड्ने धारणा व्यक्त गरे ।

यो फिल्ममा जोयस पाण्डे, ऋचा घिमिरे, अदिति प्याकुरेल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

निर्देशक पौडेलले यसअघि ‘बुलबुल’ बाट निकै चर्चा कमाएका थिए । स्वस्तिमा खड्काको अभिनय रहेको यो फिल्मले समीक्षा पनि सकारात्मक पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?