मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१ हजार करोडको लागतमा बन्ने अप्टिकल फाइबर परियोजनाको मोदीले गरे उद्घाटन

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिमी तटमा अवस्थित लक्षद्विप टापुमा १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको लागतमा सबमरिन अप्टिकल फाइबर परियोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री मोदीले लक्षद्विपको राजधानी कभारात्तीमा आयोजित एक कार्यक्रममाझ उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।

कोची लक्षद्विप आइल्याण्ड सबमरिन अप्टिकल फाइबल कनेक्सन (केएलआई–एसओएफसी) नाम दिइएको उक्त परियोजनाले १ हजार ८ सय ६८ किलोमिटरको भूभागमा तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने छ ।

यससँगै ३६ स–साना टापुहरु मिलेर बनेको यस क्षेत्र स्वतन्त्रतायता पहिलो पटक सबमरिन अप्टिकल फाइबरले जोडिने भएका हुन् ।

१ हजार ७२ करोड भारतीय रुपैयाँ लागत रहेको यस परियोजनाले सो लक्षद्विपमा तीव्र गतिको इन्टरनेट सेवा दिनुका साथै प्रविधि, ऊर्जा, जलस्रोत, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?