मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियमित कागती पानी पिउनुस्, यस्ता छन् फाइदा

सामान्यता कागती सबैको घरमा उपलब्ध हुन्छ । खरिदका हिसाबले पनि सस्तो नै हुन्छ कागती ।

हामी कागतीलाई विभिन्न परिकारमा मामिसाएर सेवन गर्ने गर्छौ । यस्तै यसलाई चियामा हालेर पनि पिउने गर्छौँ । कागतीलाई हामीले अनुहारमा चमक ल्याउन अनुहारमा पनि लगाउने गर्छौँ ।

वास्तवमै कागती बहुउपयोगी र मानव स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो । हाम्रो सामान्य ज्ञान अनुसार कागती पानी खायो भने तौल घटाउन सकिन्छ भन्ने कतिपयको बुझाइ छ । तर यतिमात्र हैन कागतीका अन्य निकै लाभदायी फाइदाहरु पनि रहेछन् ।

यी हुन् कागती खानुका फाइदा

-कागतीमा भिटामिन ‘सी पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ ।
-शरीरमा स्फूर्ति पनि बढ्छ र तौल घटाउन सहयोग पनि गर्छ ।
-कागती पानीले शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

-घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।
-कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
-हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन साथै कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।
-कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ ।
-खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?