मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता उपाय अपनाउन जरुरी छ यौन जीवन सुखी राख्न

मानिसहरूले यौन जीवनलाई लिएर विभिन्न चासो र चिन्ता व्यक्त गरिरहेको पाइन्छ । कैयन् जोडीको यौन जीवन त्यति सुखद् पाइँदैन ।

यौन जीवन नै खुशी हुन सकेन भने पती पत्नीमा पनि विभिन्न समस्याहरू देखिन सक्छ । आज हामी कसरी तपाईँले आफ्नो यौन जीवन सफल बनाउन सक्नुहुन्छ भन्ने बारेमा चर्चा गर्न गइरहेका छौँ:

रातिमा डेटिङमा जानुहोस्

तपाईँ यदि दिनको काममा बढी व्यस्त हुनुहुन्छ भने समय मिलाएर नाइट डेटिङमा जानुहोस् । यसो गर्दा एकअर्कासँग नजिक हुने मौका पनि मिल्छ र यसले तपाईँको सेक्स लाइफलाई पनि रमाइलो बनाइदिन्छ । बरू तपाईँ रातिमा फिल्म हेर्न, डिनर गर्न या घरबाहिर बस्नका लागि समय मिलाउनुहोस् ।

घरको काम बाँडफाँड गर्नुहोस्

घरको काम पनि पती पत्नीबीच बाँडफाँड गरियो भने दुईबीच आत्मीयता बढ्छ र रातको समयमा बुढाबुढी सँगै भएर काम गर्दा रोमान्टिक भावना सिर्जना हुन्छ ।

ढोका बन्द गरेर रमाउनुहोस्

तपाईँले सुत्ने बेलामा कोठाको ढोका बन्द गर्ने र आवाज पनि बाहिर नजाने बनाउनुहोस् । यसो गर्दा बाहिर कसैले सुन्ला कि भनेर तपाईँलाई डर लाग्दैन र तपाईँ निर्धक्कसँग रोमान्स गर्न सक्नुहुन्छ ।

सेक्सलाई पनि महत्त्व दिनुहोस्

हुनसक्छ, तपाईँको समय निकै व्यस्त छ । तर, आफ्नो पार्टनरलाई सेक्सका लागि पनि एकदमै समय दिनुहोस् । यसले दुईबीचको सम्बन्धमा निकटता ल्याउँछ ।

लुब्रिकेन्टको प्रयोग गर्नुहोस

सेक्सका लागि धेरै समय नदिँदा या अन्य कारणले यौनी सुख्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । त्यसैले पार्टनरले नै यसबारेमा बुझेर व्यवस्था गरिदिनुपर्छ ।

तनाव नलिनुस्

यौन कार्य गर्दा तनाव लियो भने तपाईँले चाहेर पनि सेक्स गर्न सक्नुहुन्न । त्यसैले कुल हुने र तनाव कम गर्ने गर्नुपर्छ । धेरै तनाव लिँदा त्यसले यौन हर्मोनलाई नष्ट गरिदिन्छ । र, यसले सेक्स लाइफ राम्रो हुँदैन ।

व्यायाम गर्नुस्

तपाईँले नियमित व्यापाम गर्दा पनि सेक्स लाइफ राम्रो हुन्छ । स-साना कुरामा ख्याल गरिदिँदा पनि सेक्स लाइफ प्रभावकारी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?