मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फागुन ११ मा रिलिज हुने भयो ‘गोर्खा वारिअर’

काठमाडौं– नेपाली फिल्म ‘गोर्खा वारिअर’ आगामी फागुन ११ गते प्रदर्शनमा आउने भएको छ ।

यसअघि यो फिल्मलाई लण्डनमा प्रिमियर गरिएको थियो । फिल्मको सफलताको शुभकामना दिँदै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्र लेखेका थिए ।

यो फिल्म दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले देखाएको वीरतामाथि आधारित छ ।

चलचित्रमा मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको छ भने रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?