मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ज्योती मगर लडेपछि आयोजकलाई एलिनाको यस्तो सुझाव

काठमाडौँ – प्रस्तुतीका क्रममा ज्योती मगर मञ्चमै लडेको घटनालाई लिएर अर्की गायिका एलिना चौहान बोलेकी छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै भिडिओबारे ढिलो थाहा पाएको बताएकी उनले यसलाई मजाकको विषय नबनाउन समेत आग्रह गरेकी हुन् ।

निकै लामो स्टाटसमा उनले यस्ता दुर्घटना फेरि नहोस् भन्नका लागि सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई ध्यान पुराउन र सजग रहन सुझाव समेत दिएकी छिन् । 

उनले लेखेकी छन्, ‘सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केही कमजोरी देखिएछ जसका कारण दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’

कलाकार भएपछि दर्शकलाई रुझाउन गाह्रो हुने भएकाले लडेको कुरालाई लिएर मजाक नबनाइदिन उनले सबैलाई अनुरोध गरेकी छिन।

‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा दर्शक रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मज्जाले महसुस गर्न सक्छु,’ उनी थप्छिन्, ‘उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला।’

‘सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदि नै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मन पराउनु हुन्न,’ उनले जोडेकी छिन।

अन्तिम हरफमा उनी लेख्छिन् ‘हो सबैको आ–आफ्नो संगीत र अभिनयको स्वाद फरक हुन सक्छ त्यसो भन्दैमा ज्योति दिदिलाई मन नपराउने दर्शक श्रोताकोपनि कमि छैन । यस्ता दुर्घटना नहोस भनि सम्पूर्ण कार्यक्रम आयोजकहरुलाई यी कुराहरुमा अत्यन्तै गम्भिर भई ध्यान पुराउनुहुन म बिनम्र अनुरोध गर्दछु ।

पुस १७ देखि २० गतेसम्म इलामको माइ नगरपालिका –१, बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेपछि लडेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?