मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने

काठमाडौँ –  गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ ।

गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार तथा धार्मिक पर्यटक भित्र्याउन यो यात्रा गरिन लागेको हो । 

भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिक यात्रा गरिने आयोजकले जनाएको छ । 

“प्राचीनकादेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेको रहेछ”, गौमाता सेवा महासङ्घ गोरखाका संयोजक होमसिंह बस्न्यातले भने, “तर गएको २० वर्षभन्दा बढी समयदेखि उक्त परम्परा रोकिएको पाइयो, हामीले हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आकर्षण बढाउन गोरखनाथ मन्दिरबाट खिचडी लगेर चढाउन यात्रा गर्न लागेका हौँ ।”

चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिलाएर खिचडी बनाउने गरिन्छ । गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन दिउँसो ब्रह्ममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको बताइन्छ ।

“बिहान ७ बजे गोरखनाथ मन्दिरबाट खिचडीसँगै बाजागाजा मङ्गलधुन स्वस्ति वाचनसहित गोरखाबाट गोरखपुर यात्रा आरम्भ हुन्छ”, उनले भने, “गोरखपुर पुगेर त्यहाँस्थित गोरखनाथ मन्दिरमा गोरखाबाट लगेको खिचडी चढाएर हामी गोरखा फर्कन्छौँ ।”

बीस बर्ष अघिसम्म गोरखाको गोरखानाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पुग्ने गरेको भए पनि पछि उक्त परम्परा बन्द भएको बस्न्यातले बताए ।

गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छाडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, घ्यू, नुन, मासको दाल, बेसारलगायतका खाद्यवस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँका पुजारीले जानकारी दिएको उनको भनाइ छ ।

परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?