मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बोइङ ७३७ म्याक्स ९ विमानको जाँच सकियो, बोल्ट कस्नुपर्ने प्राविधिक टोलीको निष्कर्ष

काठमाडौँ – उडानका क्रममा विमानको हिस्सा अलग भएपछि अमेरिकाले उडानमा रोक लगाएको बोइङ ७३७ म्यास्क ९ मोडेलको प्राविधिक जाँच सकिएको छ ।

जाँचमा संलग्न प्राविधिकहरूले उक्त मोडेलका विमानका बोल्टहरु अझै अलिकति कस्नुपर्ने निष्कर्ष निकालेको हो ।

अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासनले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

त्यसपछि युनाइटेड एयरलाइन्सको प्राविधिक टोलीले त्यो मोडेलका सबै विमानहरूको प्राविधिक जाँच गरेको थियो ।

सो टोलीले विमानहरू निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको बताएको विविसीले जनाएको छ ।

साथै यो मोडेलका विमानहरूको डोर प्लगसँग सम्बन्धित इन्सटलेसनको समस्या पनि समाधान गरिएको समेत युनाइटेड एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?