मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन बलिउडका धनी अभिनेत्री ,कसको कति छ सम्पत्ति ?

काठमाडाैँ– फिल्मी दुनियाँमा महँगा कलाकार र उनीहरूको कमाईको सधै चर्चामा रहिरन्छ ।

यसमा मामलामा बलिउडमा अभिनेताहरूको चर्चा हुँदा उनीहरूले लिने  पारिश्रमिक धेरैले जिब्रो टोक्ने किसिमको छ ।

तर तपाईँलाई थाहा छ ? बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्रीहरू को हुन ? कसको सम्पत्ति कति छ ? 

यो सूचिमा सबैभन्दा माथि आउने नाम हो ऐश्वर्य राय बच्चनको । उनी खासै फिल्ममा नआए पनि उनको कमाई बलिउडका अन्य अभिनेत्रीहरूको भन्दा बढी छ । रिपोर्टअनुसार उनको सम्पत्ति ८०० करोड छ ।

उनले यो सम्पत्ति फिल्म,घरजग्गामा लगानी र कयौँ कम्पनीको ब्रान्ड एम्बेसडर भएर कमाएकी हुन् । उनी एक फिल्ममा काम गरेबापत १० देखि १२ करोड लिन्छिन् भने विज्ञापनमा एक दिनको सुट बापत ६ देखि ७ करोड लिन्छिन् । 

यो सूचीको दोस्रो नम्बरमा प्रियङ्का चोपडाको नाम आउँछ । उनको कुल सम्पत्ति ६०० करोड छ । तेस्रो नम्बरमा आलिया भट्ट छिन् । उनको सम्पत्ति करिब ५५० करोड छ भने चौथो नम्बरमा रहेकी दीपिका पादुकोणको सम्पत्ति ५०० करोड छ ।

यस्तै पाँचौँ र छैठौँ  नम्बरमा रहेका करिना कपुर र कैटरिना कैफको सम्पत्ति क्रमशः ४८५ करोड र २६५ करोड छ । 
त्यसो त अनुष्का शर्मा पनि राम्रै कमाई गर्ने अभिनेत्रीमा पर्छिन् ।

सातौँ नम्बरमा रहेकी उनको सम्पत्ति २५५ करोड,आठौँ नम्बरकी माधुरी दिक्षितको २५० करोड र नवौँ नम्बरमा रहेकी काजोलको २३५ करोड छ ।

दशौँ नम्बरी रानी मुखर्जीको सम्पत्ति २०६ करोड रहेको भारतीय मिडियाहरूले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?