मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दयाहाङलाई भ्याइ नभ्याइ, एक दर्जन बढी फिल्म पाइपलाइनमा

काठमाडाैँ – नेपाली सिनेमामा सर्वाधिक व्यस्त अभिनेता मध्येका एक हुन दयाहाङ राई । नाटक हुँदै फिल्मतर्फको यात्रामा निस्किएका राई एकपछि अर्को सिनेमामा काम गरिरहेका छन् ।

अभिनेता राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ ।

फिल्म लुटबाट आफ्नो परिचित स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो ।

उनका फिल्मले रिलिजको मिति नपाएर लाइनमा छन् भने अर्कोतर्फ उनले लगातार फिल्मको छायाङ्कन समेत गरिरहेका छन् । यति मात्र नभएर आउँदो माघ २६ गते उनका दुई फिल्म एकै चोटि प्रदर्शनमा आँउदै छन् ।

कतिपयले उनलाई धेरै फिल्म खेल्ने चक्करमा गुणस्तरीय काम गर्न नसकेको आरोप समेत लगाउने गरेका छन् । 

अब कुन फिल्ममा देखिदैछन् दया ?
दयाका हालसम्म १९ वटा फिल्म पाइप लाइनमा छन् । जसमध्ये, केही फिल्म रिलिजका लागि तयार छन् भने अधिकांशको त छायाङ्कन नै सुरु भएको छैन । 

त्यही कारण आउँदो दुई वर्षसम्म दया प्याक छन् । अहिले उनी ‘डिग्री माईला’ र ‘मनसरा’को सुटिङमा व्यस्त छन् ।

दयाहाङले डिग्री माइलाको छायांकनको पहिलो सेड्युल सकेका छन् भने सोमबारदेखि ओखलढुङ्गाको रुम्जाटारमा फिल्मको छायाङ्कन सुरु गरिएको छ । यता ‘मनसरा’ को पनि नख्खुबाट छायाङ्कन सुरु भएको छ भने अब पाँचथरको सेड्युल छ ।

‘मनसरा’को छायांकनपछि दयाहाङले फिल्म ‘घरज्वाइँ’मा काम गर्ने छन् । यसपछि उनले ‘गाउँ नै रमाइलो’, ‘दुःखी आत्मा’, ‘नाङ्गो गाउँ २’, ‘लाहुरे एण्ड दाउरे’, ‘वरिष्ठ बलराम’, ‘भूठान’ लगायतका फिल्ममा काम गर्ने छन् ।

यी फिल्म प्रदर्शनको तयारीमा
एकपछि अर्को फिल्म गरिरहेका दयाहाङको अभिनय रहेका फिल्म प्रदर्शनका लागि समेत पाइप लाइनमा छन् ।

उनका ‘गाउँ आएको बाटो’, ‘रंगेली’, ‘हात्तीछाप’, ‘दयारानी’ लगायतका फिल्म प्रदर्शनको तयारीमा छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?