मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बत्ती बालेर सुत्ने बानी छ ? अब कहिल्यै नगर्नुहोस् यस्तो गल्ती,हुनसक्छ खतरा !

हामीले गर्ने विभिन्न क्रियाकलापहरूमा विशेष ध्यान दिन सकिएन भने जीवनमा ठुलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । कतिपय कामहरू हामीले जानेर गरिरहेका हुन्छौ भने कतिपय नजानेर पनि ।

त्यसमध्ये पनि कतिपय काम त विस्तारै हाम्रा बानी नै बनिरहेका हुन्छन् । जसले दिनप्रतिदिन हामीलाई खतरा तर्फको यात्रा गराइरहेका हुन्छन् । यहीबिचमा आज हामी हाम्रो एउटा गलत बानीको विषयमा तपाईँहरूलाई जानकारी गराउँछौ । 

बेलुका सुत्ने समयमा अधिकांश मानिसहरू बत्ती निभाएर सुत्ने गर्छन् । तर धेरथोर मानीहरूको भने बत्ती ननिभाई सुत्ने बानी हुन्छ । कोही अल्छीपनाको कारण बत्ती ननिभाई सुत्ने गर्छन् भने कोहीको बत्ती नबाली सुत्न नसक्ने बानी हुन्छ ।

तर यो बानीले मानव स्वास्थ्यमा निकै असर पार्छ । हामीले काम गर्दा मात्र नभएर सुत्दा पनि निकै सावधानी अपनाउनु पर्छ । अन्यथा यसले हानी पुर्याउछ  । 

सुत्ने समयमा गर्न नहुने गल्तीहरू:
–बत्ती बालेर सुत्नुभयो भने शान्त निन्द्रा लाग्दैन । साथै धेरै प्रकारका रोगहरू उच्च रक्तचाप,मुटुको समस्या लाग्ने खतरा हुन्छ । 

–सामान्य उज्यालोमा मात्रै एक रातको लागि सुत्दा पनि ग्लुकोज र कार्डियोभास्कुलर नियमनमा गडबड हुन सक्छ जसले हृदय रोग, मधुमेह र अन्य मेटाबोलिक सिन्ड्रोेमको कारक तत्त्व बन्न सक्छ । 

–सुत्ने बेलामा बत्ती, टिभी स्मार्टफोन खुला राखेर सुत्ने व्यक्तिहरूलाई बत्ती निभाएर सुत्नेहरूको तुलनामा मोटोपनाको जोखिम बढी हुने  अध्ययनले देखाएको छ । 

–रातमा बत्ती बालेर सुत्ने गर्दा शरीरमा क्यान्सर कोशिकाहरू सक्रिय बन्दछन् । रातिमा बत्ती बालेर सुत्ने महिलामा बत्ती निभाएर सुत्ने महिलाको तुलनामा क्यान्सरको जोखिम २२ प्रतिशत बढी हुन्छ ।

–यदि रातको समयमा कृत्रिम प्रकाश अर्थात् उज्यालो बत्ती हाम्रो शरीरमा कायम भई रहन्छ भने त्यसले शरीरमा नकारात्मक असर पर्दछ साथै यसले निन्द्रा पनि प्रभावित पार्दछ । 

–रातमा हामी मधुरो प्रकाश बाल्ने गर्छौ । जस कारण आँखा बन्द रहँदा पनि किरणहरू छिर्ने र निन्द्रामा बाधा पुग्ने अध्ययन बताउँछ ।

–मधुरो प्रकाशका कारण आँखा बन्द रहँदा पनि किरणहरू छिरेको र निद्रामा बाधा पुगेको अध्ययनले देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?