मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुकमा नम्रता लेख्छिन् ‘चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ’

काठमाडौँ – विभिन्न विवाद र आफ्नै कामका बिच सामाजिक सञ्जालबाट हराएकी अभिनेत्री नम्रता श्रेष्ठले सोमबार पोस्ट गरेकी छन् ।

‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् ।

प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट कामुसको याे भनाईसहित फोटो पोस्ट गरेकी उनले अव नियमित काममा फर्किने सङ्केत समेत गरेकी छन् । 

उनी तीन महिनादेखि सामाजिक सञ्जालमा देखिएकी थिइनन् । फोटोमा जिन्सको आउटरमा आकर्षक देखिएकी नम्रताले पछिल्लो पटक १५ अक्टोबरमा दसैँ घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् । 

पछिल्लो चलचित्र ‘माया’ छायाङ्कन चलिरहेको समयमा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि सो घटना सँगै जोडिएर उनी विभिन्न विवादमा तानिएकी थिईन । यद्यपि ती आरोपहरू पुस्टी भएका छैनन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?