मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् ब्रा नलगाउनुका फाइदाहरू

काठमाडौँ –  ब्रासँगको महिलाको सम्बन्ध जटिल छ । यो महिलाको पहिरनको एक अनिवार्य हिस्सा बन्दा धेरैको टाउको दुखाईको कारण समेत बनिरहेको छ ।

हुन त एउटा राम्रो ब्राले महिलालाई राम्रो फिटिङ र आकार दिन मद्दत तर त्यसले पार्ने असहजा भने सोचेभन्दा धेरै छ ।

अर्थात  कतिलाई यो लगाउन नपरे पनि हुन्थ्यो भन्ने हुन्छ भने कतिलाई भने ब्रा नलगाउँदा असहज महसुस हुन्छ ।  यहाँ आज हामी तपाईंलाई ब्रा नलगाउनुका फाइदाबारे जानकारी दिँदै छौँ ।

आराम महसुस हुन्छ:

ब्रा नलगाउँदा हल्का र आराम महसुस हुन्छ । दिनभरि ब्रा लगाएको छ भने र बेलुका घर फर्किएपछि ब्रा फुकाल्दा  महिलाले आफू बाँधिएको महसुस गर्दिनन् र राहत महसुस गर्छिन् । लामो समयसम्म ब्रा नलगाउँदा स्तनलाई प्राकृतिक रुपमा बढ्न मद्दत पुग्छ ।

स्तनमा दबाब पर्दैन:

ब्रा भित्र स्तन सङ्कुचित हुने हुँदा यसको मांसपेशीको तन्तुमा दबाब पर्ने गर्छ जसले स्तनको आकारमा प्रभावित गर्छ ।

सन् २०१७ मा गरिएको एक अध्ययनमा पाइए अनुसार जो महिलाले ब्रा लगाएका थिएनन् उनीहरूको स्तनको आकार ठूलो थियो ।

यद्यपि, ब्रा नलगाउँदा स्तनको वृद्धि हुने नहुने विषयमा सटिक जानकारी पाउनका लागि थप शोधको आवश्यकता छ ।

ब्रा नलगाउँदा रक्त सञ्चार हुन्छ उत्कृष्ट:
धेरै टाइट ब्रा लगाउनाले स्तनको मुनिको भागमा रक्तसञ्चारलाई असर गर्छ। जसका कारण महिलाको छाती वा वरपर दुख्ने गर्छ ।

यसको अर्थ कुनै स्ट्रेप, जाली वा भारी कपडा तपाईँको छालाबाट हटाइने हो भने तपाईँको छाला र तन्तुको माध्यमले हुने रक्त प्रवाह छातीको आसपासको भागमा सुधार हुने गर्छ ।

यसले विशेष रूपमा तपाईँको छालालाई बलियो राख्न मद्दत गर्छ । यदि तपाईँ लामो समयका लागि ब्रा लगाउनुहुन्छ भने ब्राको स्ट्रेप, कप र रडले तपाईँको स्तन वरिपरिको छालालाई निकै दबाब दिइरहेको हुनसक्छ ।

तसर्थ ब्रा नलगाउँदा स्तन वरिपरिको छाला र तन्तुमा दबाब पर्दैन । 

ब्रा नलगाउँदा पीडा कम हुन्छ:

ब्रा नलगाउँदा तपाईँले आफ्नो छाती, पेक्टोरल मांसपेशी र पिठ्यूँ वरिपरि कम पीडा महसुस गर्नु हुनेछ । यद्यपि, तपाईँले कस्तो प्रकारको ब्रा लगाउनुहुन्छ, यसमा यो कुरा निर्धारण हुन्छ ।

ब्राले हाम्रो हड्डी, पिठ्यूँको मांसपेशी, यहाँसम्म कि गर्धनसम्म पनि दबाब पार्न सक्छ । तसर्थ ब्रा नलगाउँदा यो समस्याको हल गर्न मद्दत गर्छ । यद्यपि, ठूलो स्तन हुने महिलाका लागि ब्राले ठिक विपरित काम गर्न सक्छ र पीडा कम गर्न मद्दत गर्न सक्छ ।

ध्यान दिनुहाेस् प्याडेड ब्रा धेरै प्रयोग गर्ने महिलाहरू, तिनीहरूका लागि यो जान्न महत्त्वपूर्ण छ कि यसले निप्पलहरूमा समस्या निम्त्याउन सक्छ। किनकी निप्पल धेरै सेन्सेटिभ हुने भएकाले सुक्न थाल्छ ।

त्यो क्षेत्रमा चिलाउने समस्या बढ्छ। घरमा हुँदा ब्रा नलगाई बस्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?