मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?