मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउथ सुपरस्टार अभिनेता केजीएफको जन्मदिनमा ठूलो दुर्घटना, तीन फ्यानको मृत्यु

काठमाडौं । साउथ सुपरस्टार अभिनेता तथा केजीएफको ’रकी भाइ’ अर्थात् यशले आज आफ्नो ३८ औं जन्मदिन मनाउँदै छन् । यसैबीच, कर्नाटकमा एक हृदय विदारक दुर्घटना भएको छ । जसमा अभिनेताका तीन प्रशंसकले ज्यान गुमाएका छन् ।

समाचार एजेन्सीका अनुसार अभिनेता यशको ३८ औं जन्मदिनको अवसरमा उनका फ्यानहरुले बिजुलीको पोलमा ब्यानर टाँसेका थिए । तर पोलमा एक्कासी बिजुलीको झट्का लागेर तीन जना फ्यानको भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

घटनाको जानकारी पाएलगत्तै अभिनेता यशले शोक प्रकट गरेका छन् । गडग जिल्लामा ब्यानर टाँस्दै गर्दा करेन्ट लागेर तीन जना फ्यानको मृत्यु भएको खबर सुन्दा आफू दुखी भएको यश बताउँछन् । यस दुःखद घडीमा उहाँको परिवारलाई हाम्रो समवेदना छ यशले भने ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २४ वर्षीय हनुमन्त हरिजन, २० वर्षीय मुरली नादुभिनमणि र २० वर्षीय नवीन गाजी रहेका छन् । दुर्घटना गदग जिल्लाको लक्ष्मेश्वर तालुकको सुरनगी गाउँमा बिहान १ बजे भएको थियो ।

अभिनेता यशको पूरा नाम नवीन कुमार गौडा हो । आज अभिनेताको ३८ औं जन्मदिन हो । केजीएफ नायक यश फिल्म उद्योगका एक ठूला अभिनेता हुन् । उनले सन् २००७ मा ‘जम्बाडा हुडुगी’ बाट आफ्नो करियर सुरु गरेका थिए । यसपछि उनले ‘रकी’ (२००८), ‘गुगली’ (२०१३) र ‘मिस्टर एण्ड मिसेस रामचारी (२०१४)’ मा अभिनय गरेर धेरै चर्चा कमाए । ब्लकबस्टर केजीएफ सिरिजमा उनको रकी भाइको चरित्रले उनले देश र विदेशमा थप पहिचान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?