मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै

काठमाडौं – टाइगर श्रफ, वरुण धवन र जान्हवी कपुर एउटै फिल्ममा देखिँदै छन् । यी तीन जना करण जौहरको प्रडक्शनमा बन्न लागेको फिल्म डेड्लीमा सँगै आउँदै छन् ।

फिल्मको निर्देशन राज मेहताले गर्नेछन् । निर्देशक मेहत्ताले यस अघि गूड न्यूज र जुग जुग जियो जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मको कहानी अनुराग कश्यपले लेखिरहेका छन् । फिल्ममा पहिलो पटक जोडीको रूपमा जान्हवी र टाइगर आउन थालेका छन् । यो वर्ष जान्हवी कपुरसँग टन्नै फिल्म छन् ।

जुनियर एनटीआरसँग देवरा, राजकुमार रावको साथमा मिष्टर एन्ड मिसेज माही र गुलशन देवैयाको साथ उलझमा पनि उनले काम गर्नेछिन् । केही दिन अघि दुल्हनिया ३ मा पनि जान्हवी देखिन सक्ने हल्ला चलेको थियो ।

तर वरुणले यो हल्ला मात्रै भएको बताएका छन् । यो फिल्ममा आलिया हिरोइन रहनेछन् । टाइगर भने अक्षय कुमारको साथमा बडे मिया छोटे मिया रिलिजको तयारीमा जुटेका छन् । वरुण धवन भेडिया २, सिटाडेल इन्डिया र तमिल फिल्म थेरीको रिमेकमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?