मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गदर अभिनेत्री अमीषा पटेल बनिन लव गुरु

काठमाडौं । गदर’ अभिनेत्री अमीषा पटेल लव गुरु बनेकी छन् । उनी रियलमा नभएर रिल लाइफमा लव गुरु बनेकी हुन् । गत ५ जनवरीबाट प्रदर्शनमा आएको फिल्म ‘तौबा तेरा जलवा’मा उनी लव गुरु बनेकी हुन् । जसको जानकारी फिल्मका निर्देशक आकाशादित्य लामाले दिएका छन् ।

आकाशादित्य एक चर्चित लेखक, निर्देशक तथा थियटर कलाकार हुन् । उनले करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । आकाशादित्यले फिल्म ‘गदर’का निर्देशक अनिल शर्माको सहायक भएर समेत काम गरेका थिए ।

फिल्म ‘तौवा तेरा जलवा’का लेखक समेत आकाशादित्य हुन् । फिल्मलाई राम्रो रिभ्यु मिलिरहेको छ । फिल्मको विषयमा मिडिया कुराकानीमा उनले २२ वर्षदेखि अमीषासँग काम गर्ने चाहना ‘तौवा तेरा जलवा’ले पुरा गरेको बताए । कुराकानीमा उनले टिभी तथा फिल्म दुनियाँका केही विषय समेत राखेका छन् ।

‘तौवा तेरा जलवा’को विषयमा निर्देशक आकाशादित्यले फिलोसफिकल रोमान्टिक ड्रामा बताएका छन् । ‘फिल्म प्रेमको कहानीमा निर्माण भएको छ । प्रेम के हो, कसरी र किन हुन्छ, प्रेमको अन्दाज के हो ।

फिल्मले देखाउनेछ’ आकाशादित्यले भने ‘फिल्मको भूमिका रियल क्यारेक्टरसँग इन्सपायर हो ।’ अमीषाको भूमिका पनि आफुले चिनेको त्यस्तै महिलासँग इन्सपायर रहेको समेत आकाशादित्यले खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?