मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रयानपछि भारतले अन्तरिक्षमा मानवलाई पठाउने

काठमाडौं – भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ । भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक राज्यमन्त्री जितेन्द्र सिंहले यस्तो बताएका हुन् ।

यो मिशनलाई भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा लञ्च गर्ने योजना थियो । सिंहले भारतले सन् २०२० को डिसेम्बरमा गगनयान लञ्च गर्ने योजना बनाएको भए पनि कोरोना भाइरसको महामारीका कारण मिसन बारम्बार पछाडि धकेलिएको बताए ।

अब इसरोले आफ्नो सारा ध्यान गगनयानमा लगाउने इसरोका प्रमुख सोमनाथ बताएका थिए । भारतले गएको वर्ष चन्द्रमामा चन्द्रयान पठाएको थियो । चन्द्रयानलाई सिंहले निकै ठुलो उपलब्धि बताएका छन् ।

सन् १९६९ मा अमेरिकाले चन्द्रामामा मान्छे पठाउँदा भारतको अन्तरिक्ष अन्वेषण संस्था इसरो भर्खरै स्थापना भएको थियो । १९६९ को इतिहास हेर्ने हो भने इसरोको नाम कतै पनि सुनिदैंन । तर अहिले त्यही इसरोले भारतलाई चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो देश बनाइदिएको सिंहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?