मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केटीहरुलाई बुझ्न केटाहरु सधै असफल, पटक्कै मन नपर्ने केटाका १० बानीहरु के के हुन् ?

काठमाडौं – जीवनमा साथीको महत्व धेरै हुन्छ । असल साथीले असल जीवनकै रुपरेखा निर्धारण गर्दछ भने खराब साथीले खराव रुप रेखा निर्धारणमा सहयोग गर्दछन् । केटा होस्, केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानी उस्तै नभएपनि धेरै बानीहरु मिल्द जुल्दा हुने गर्दछन हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौ ।

बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् । त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन रु छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।

१. दुर्गन्ध. कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।

२. अस्थिर. केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।

३. कन्याउने. कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।

४.अश्लिलता. खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।

५. संवेदनशील अंगमा नजर. केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।

६. ब्रेकअपमा खेल्ने. कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।

७. खुला ठाउँमा पिसाव. केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।

८. चरित्रका कुरा. केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।

९ .डकार. केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।

१०. घुरेर हेर्ने. केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?