मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी बनाउनुहोस चिकेनको अचार, एकदमै मिठो हुन्छ

काठमाडौं – हरेकको भान्सामा आजभोली पाक्ने गर्छ कुखुराको मासु । तरकारीको रुपमा होस् वा स्न्याक्सको रुपमा कुखुराको मासु उपयोगी हुन्छ ।

कुखुराको मासुलाई थरीथरीको परिकार बनाएर खान सकिन्छ । जस्तो कि, चिकेन अचार पनि बनाउन सकिन्छ तर कसरी बनाउने भन्ने सोचमा हुनुहुन्छ भने आज हामी तपाइएलाई चिकेन अचार बनाउने विधि सिकाउने छौ ।
सामग्री
आधा किलो चिकेन
२ चम्चा अदुवा र लसुनको पेस्ट
१ चम्चा रातो खुर्सानी
आधा ठूलो चम्चा बेसार
१ कप सरस्र्युको तेल
आधा चम्चा हिंग
१ कप प्याज, काटेको
आधा चम्चा सुकुमेल पाउडर
तीन वटा तेजपत्ता
तीन चौथाई कप जौंको रस
१ ठूलो चम्चा मेथी दाना

कसरी बनाउने ?
सबैभन्दा पहिला चिकेनलाई लसुन र अदुवाको पेस्ट, रातो खुर्सानी, बेसारमा मेरिनेट गरेर तीस मिनेट राख्ने । यसपछि एक प्यानमा तेल तताउने र त्यसमा चिकेन राखेर फ्राइ गर्ने ।

त्यही तेलमा प्याज र हिंग हालेर सुनौलो रंग हुनेगरी भुट्ने । त्यसमाथि मेथी दाना, तेज पत्ता, सुकुमेल, जौको रस हालेर उमाल्ने । अब यसमा फ्राइ इ गरेको चिकेन हाल्नुपर्छ र ४ मिनेट जति पाक्न दिनुपर्छ । अब आँच बन्द गरेर अचार सर्भ गर्न सकिन्छ । यसलाई केहि दिन भण्डारण गरेर समेत सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?