मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोल्डेन ग्लोब अवार्डमा ‘‌‌ओपनहाइमर’ को वर्चस्व

काठमाडौं– अमेरिकाको क्यालिफोनिर्यामा आयोजित ८१ औँ गोल्डेन ग्लोब्स अवार्डमा हलिउड फिल्म ‘ओमनहाइमर’ ले वर्चश्व कायम राखेको छ ।

गोल्डेन ग्लोबको ८१ औँ अवार्ड कार्यक्रम २०२४ मा ओपनहाइमरले विधामा अवार्ड जितेको हो ।

यो बायोपिक फिल्मले ड्रामा क्याटगोरीमा बेस्ट मोसन पिक्चरको अवार्ड जितेको छ भने निर्देशक क्रिस्टोफर नोलनलाई बेस्ट उत्कृष्ट निर्देशकको अवार्डले सम्मान गरियो ।

यस्तै ओपनहाइमरको भूमिका निभाएका सिलियन मर्फीलाई उत्कृष्ट कलाकारको अवार्ड प्रदान गरियो भने रबोर्ड डाउनी जुनियरलाई सबैभन्दा उत्कृष्ट सपोर्टिङ कलाकारको अवार्ड प्रदान गरियो ।

यस्तै ओपनहाइमरले बेस्ट ओरजिनल स्कोरको विधामा पनि अवार्ड जितेको छ । यो अवार्ड बेस्ट ओरजिनल स्कोरका लागि लुडविक गोरानसनलाई प्रदान गरियो ।

यस्तै बार्बीले पनि सिनेम्याटिक र बक्स अफिस एचिमेन्ट अवार्ड जित्यो । यो फिल्ममले विश्वभर १.४ अर्ब डलरको कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?