मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसो समयमा मुखबाट बाफ निस्कन्छ ? यस्तो छ कारण

चिसो समयमा हामीले श्वास फेर्दा मुखबाट बाफ निस्केको हामीले देखेका छौँ । सबैको मनमा प्रश्न उठ्न सक्छ कि जाडोमा मात्र किन मुखबाट बाफ निस्केको देखिन्छ ? आज हामी यसैको बारेमा चर्चा गर्नेछौँ ।

श्वास फेर्ने क्रममा हामीले अक्सिजन लिँदा शरीरमा कार्बनडाइअक्साइड र पानी उत्पन्न हुन्छ । हाम्रो फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि श्वास फेर्दा जलवाष्पका रूपमा मुख वा नाकबाट त्यो बाफ निस्कन्छ ।

सास लिँदा अनि खाना पचाउँदा पनि शरीरमा पानी बन्छ । हामीले दिनदिनै पिउने पानी पिसाब, पसिना र बाफका माध्यमले शरीरबाट बाहिरिन्छ । जाडोमा शरीरभित्रभन्दा वायुमण्डलको तापक्रम कम हुन्छ ।

शरीरमा भएको जलवाष्प श्वासको माध्यमबाट बाहिर निस्किँदा पानीको ससाना थोपाको वाष्प बन्न जान्छ । जुन बादल वा धूवाँ जस्तो देखिन्छ । त्यसैलाई हामी बाफ निस्केको भन्दछौँ ।

गर्मीमा चाहिँ शरीरभित्रको र वायुमण्डलको तापक्रमको अनुपात समान जस्तै हुन्छ । त्यसैले त्यसबेला श्वास फेर्दा जलवाष्प बाहिर निस्किँदा गर्मीमा मुखबाट बाफ निस्केको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?