मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरेक पुरुषले दिनमा तीन पटक बोल्छन् झुटो, पुरुष र महिलामा को अगाडि?

जोयनेपाल
1.1k
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौँ– झुटो बोल्नु आफैमा एउटा नराम्रो बानी हो । झुटको साहारा लिँदा अन्ततः ठुलो समस्यामा पर्न सकिने खतरा पनि उत्तिकै हुन्छ । तर त्यसो भन्दै गर्दा कतिपय समय झुटहरुको सहाराले नै हाम्रो कतिपय कामहरु सहज भइदिन्छ । तर एकपटक हामी बिचार गरौं त !

सरदरमा हामी वर्षमा कति पटक झुट बोल्छौं होला ? सय, दुई सय वा पाँच सय ? वा विश्वमा महिला बढी झुट बोल्छन् होला कि पुरुष ?

एक अध्ययनका अनुसार महिलाहरू भन्दा पुरुषहरुले धेरै झुटो बोल्छन् । सामान्यतया पुरूषहरु बहसमा जित्नका लागि झूटोको सहरा लिने गरेको पाइएको हो भने महिलाहरू अरुको भावनामा ठेस नपुगोस् भन्ने चाहनाले साँचो कुरा लुकाउँछन् ।

अब कुरा गरौं पुरुष र महिलाले औसतमा दिनमा र वर्षभरिमा कति पटक झुटो बोल्दछन् त ? अध्ययनले बताएअनुसार पुरुषहरूले हरेक दिन तीनवटा झूट बोल्दछन् वा वर्षमा लगभग एक हजार ९२ पटक झुटो बोल्दछन् भने तुलनात्मक रूपमा महिलाहरूले औसतमा भने दिनमा दुईपटक भने जुन एक वर्षमा सात सय २८ झूट बोल्छन् ।

पुरुषहरू सातामा २१ पटक झुटो बोल्ने गर्दछन् वा साँचो कुरा लुकाउने कोशिश गर्दछन् ।

जबकि महिलाहरू सातामा १४ पटक मात्र यसो गर्दछन् । कसैलाइ मुस्किल अबस्थाबाट निकाल्ने मामलामा पनि पुरुषहरू प्रायजसो झूटो बोल्दछन् । पुरुषहरू कुनैपनि कुरालाइ अझ बढि सनसनीपूर्ण बनाउने प्रयास गर्दछन् । ३ हजार जना ब्रिटिश युवकहरूमाथि गरिएको एक अध्ययनमा यो कुराको खुलासा भएको हो ।

त्यसो त सामान्यतया मानिसहरु सबैभन्दा बढी झूट आफ्नो मूडलाइ लिएर बाल्ने गरेको पाइन्छ । आफू जति नै पिडा वा दःखमा भए पनि पुरूषहरु ‘म ठीक छु’ भनेर झूटो बोल्ने गर्दछन् । आफ्नो वास्तविक भावनालाई झुटको साहाराले ढाक्ने गर्दछन् ।

त्यस्तै सर्वेका अनुसार सबैभन्दा झूटो कुरा कुनै गिफ्ट मन नपरेपनि दिनेलाइ नराम्रो नलागोस भनेर राम्रो भन्ने गर्दछन् । त्यस्तै यस पछि कुनै चीजको मूल्य तथा रोगका बारेमा पुरूषहरू सबैभन्दा धेरै झूटो बोल्ने गरेको कुरा उक्त सर्वेमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?