मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को छायांकन सुरु

काठमाडौँ – ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको आगामी फिल्म ‘मनसरा’को छायाङ्कन सुरु भएको छ ।   छायांकनको पहिलो दिन मिरुना मगर र प्रवीण खतिवडाको दृश्य खिचिएको छ ललितपुरको नख्खुमा खिचिएको हो । 

दयाहाङ राई र मिरुनाको जोडिको शिर्ष भूमिका रहने ‘मनसरा’ नारीप्रधान फिल्म हो भने  ग्रामिण सेटिङमा तयार पारिएको छ । यद्यपि दयाहाङ भने रामबाबु गुरुङले निर्देशन गरिरहेको ‘डिग्री माइला’को सुटिङका लागि रुम्जाटारमा छन् ।

फिल्म एक महिनासम्म ललितपुर र पाँचथरमा छायाङ्कन गर्ने तालिका छ । दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गरिसकेका छन् ।

‘कबड्डी’जस्ता चर्चित फिल्म छायाङ्कन गरेका शैलैन्द्रध्वज कार्की यस फिल्मका निर्माता हुन् । कार्कीले निर्माण गरेको यो पहिलो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?