मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गुलाफ’ अब युरोपमा पनि मञ्चन हुने

काठमाडौँ– पुस ११ गतेबाट थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ुगुलाफः यशोधराको जागरण यात्रा’ले युरोपको यात्रा पनि तय गरेको छ।

२३ मेमा नर्वेमा उक्त नाटक मञ्चन हुने नाटकका मञ्च व्यवस्थापक केदार श्रेष्ठले बताए  

नर्वेमा नाटकको तीन शो हुनेछन्। फिजिकल थिएटरुलाई अभ्यास गर्दै आइरहेका रामहरिको यो नाटक अघिल्लाहरू झैँ पृथक् छ। निर्देशक ढकालका अनुसार नाटकमा संवाद छैन तर दृश्यहरूनै बोल्नेछन्। 

नाटकमा यशोधराको भूमिका कलाकार दीया मास्के र सरिता साहले निभाएका छन्। नाटकमा देव न्यौपानेको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको भेषभुषा, हुम बिसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको मञ्च व्यवस्थापन छ। 

ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एण्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ भने नेपालमा एक्टर्स स्टुडियो र थिएटर मलले प्रदर्शन सहयोगीको भूमिका निर्वाह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?