मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत

काठमाडौँ – अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत भएका छन् ।

नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले क्षमता बढाउने निर्णय गरेको हो ।

चितवनको मेघौलीमा बसेको बैठकले ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात आयात–निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्‍याउने सम्बन्धमा अध्ययन गराउने निर्णय पनि गरेको छ।

बैठकले अन्तर देशीय विद्युत प्रसारणलाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुनेगरी जलविद्युत आयोजनालाई स्वीकृति दिने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिएका छन् ।

यस बैठकले नेपाल र भारतबीच विद्युत आयात–निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनको अध्ययन गर्न समेत प्राविधिक समितिलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?