मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सोमबार सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

योसँगै आज छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?