मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री ईशा कोप्पिकरले छोडिन घर, कहिले भएको थियो सम्बन्ध विच्छेद ?

अभिनेत्री ईशा कोप्पिकरले श्रीमान टिमी नारंगसंग सम्बन्ध विच्छेद गरेकी छन् ।

विवाहको १४ बर्षपछि उनीहरू छुट्टिएका हुन् । सम्बन्ध विच्छेद पश्चात् ईशाले छोरी सहित घर छोडेको बताइएको छ । यता टिमीले भने डेढ बर्ष देखि यस विषयमा विचार गरिरहेको र गत नोभेम्बर मा नै सम्बन्ध विच्छेद भएको बताएका छन् ।

यो दुवै जनाको राजी खुसीमा भएको बताएका उनले अब दुवै जनालाई आफ्नो बाटो लाग्न सहज भएको प्रतिक्रिया दिएका छन् । यो ईशा कै इच्छा भएको समेत उनले बताएका छन् ।

यही कारण यो कुनै चर्चाको विषय नभएको र भर्खर सम्बन्ध विच्छेद भएजस्तो गर्न जरुरी नरहेको उनको भनाई छ । 

एक जिमको भेटपछि एका आपसमा नजिकिएका उनीहरूले २००९ मा विवाह गरेका थिए ।

ईशाले शाहरुख खानको ‘डन’,विवेक ओवराय स्टारर ‘क्या कुल हैँ हम’ र ‘कयामत’ जस्ता फिल्ममा काम गरेकी छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?