काठमाडौँ – झन्डै तीन क्विन्टल गाँजासहित सुनसरी प्रहरीले दुई जना पक्राउ गरेको छ ।
भारत तस्करी हुन लागेको सो परिमाणको गाजासहित सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट आइतबार राती दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।
सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार उनीहरूले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूले भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा कोशी कटानमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भरेर भारत पुर्याउने गरेका थिए ।
यसबारे विशेष सूचना पाएको प्रहरी टोलीले ८ वटा बोरामा र साना पोकाहरूमा पनि गाँजा बरामद गरेको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरीले जनाएको ६ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया