मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतमा माल्दिभ्स बहिष्कारको ट्रेन्ड ! माेदीकाे पक्षमा बलिउड ‘स्टार’

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप टापुको भ्रमणले मालदिभ्स र भारतमा एक अर्काको विरोधको ट्रेन्ड नै चलेको छ ।

मोदीले लक्षद्वीपका केही तस्बिर सेयर गरेका थिए, त्यसपछि लक्षद्वीपको तुलना मालदिभ्ससँग भएपछि मालदिभ्सका केही मन्त्री रुष्ट बनेका हुन् । 

मोदीले भ्रमणका वेला डाइभिङ गरे र समुद्र तटमा समय बिताए । सामाजिक सञ्जालका एक प्रयोगकर्ताले मोदीको भिडियो शेयर गर्दै लेखेका छन् यो राम्रो कदम हो ।

‘यो चीनको कठपुतली मालदिभ्स सरकारको लागि प्रहार हो । यसपछि लक्षद्वीपमा पर्यटन बढ्नेछ ।’ 

यसले भड्किएका उनीहरूले मोदीलाई ‘जोकर’ भन्दै आपत्तिजनक टिप्पणी गरेका छन् । 

जसको प्रत्युत्तरमा आइतबार दिउँसोभर भारतमा मालदिभ्स बहिष्कारको ट्रेन्ड चल्यो । जहाँ बलिउड कलाकारहरू अक्षय कुमार, सलमान खान लगायतका सेलिब्रेटी मोदीको समर्थनमा उभिएका छन् ।

नयाँ वर्ष मनाउन परिवारसँग मालदिभ्स पुगेर फर्किएका बलिउड अभिनेता अक्षय कुमारले विवाद चर्किएपछि उनले मोदी र भारतीयलाई समर्थन गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

सबैभन्दा बढी देशको आलोचना गरेकामा अचम्म लागेको भन्दै उनले अब भारतीय टापु अझ घुम्ने र हाम्रो पर्यटन पर्यटन प्रवर्द्धन गर्ने निर्णय गर्न आग्रह समेत गरेका छन्।

त्यस्तै लक्षद्वीपमा मोदीलाई देख्दा राम्रो लागेको तथा यो भारतमा रहेको सलमान खानले लेख्दा अर्की कलाकार श्रद्धा कपुरले पनि सामाजिक सञ्जाल प्लाटफर्म मार्फत भारतीय टापुलाई समर्थन गरेकी छिन् ।

यता विवादका बीच अभिनेता जोन अब्राहमले लक्षद्वीपको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘लक्षद्वीप अद्भुत भारतीय आतिथ्य, अतिथी देवो भवको विचार र विशाल सामुद्रिक जीवन पत्ता लगाउन घुम्न लायक ठाउँ हो ।’

यसको अर्थ भारतीय लक्षद्वीपकै प्रचारमा सहयोगी हुनुपर्ने तथा यो मालदिभ्स भन्दा कम नरहेको सन्देश दिन बलिउड कलाकार लागेका छन ।

मालदिभ्स वर्षौँदेखि बलिउड सेलिब्रेटीको लागि मनपर्ने छुट्टी गन्तव्य हो । यही कारण उनीहरूको यो कदम मालदिभ्सका लागि भारी पर्ने विश्लेषण गरिएको छ । जसलाई कम गर्न आपत्तिजनक टिप्पणी गर्ने मन्त्रीहरूलाई मालदिभ्सले बर्खास्त नै गरेको छ । 

तर पछिल्लो रिपोर्ट अनुसार, मालदिभ्स बहिष्कार ट्रेन्डको कारण मालदिभ्समा ८००० भन्दा बढी होटल बुकिङ रद्द गरिएको छ । अर्कोतर्फ २५ सयभन्दा बढीले मालदिभ्सको उडान रद्द गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?