काठमाडौँ– एफए कप फुटबल अन्तर्गतको खेलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले पराजित गरेको हो ।
लिभरपुलका लागि लुइस डिआजले एक गोल गरे भने अर्को गोल आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलको अग्रताको सुरुवात नै आत्मघाती गोलबाट गरेको थियो । दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल १–० गोलले अगाडि बढेको थियो ।
त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा डिआजले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका थिए ।
यो जितसँगै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया