मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडमा २०२४ ‘सिक्वेल’ को बर्ष ! ‘राउडी राठौर २’ मा दोहोरिएलान् अक्षय कुमार ?

सन् २०२३ बलिउड फिल्मका लागि सफल बर्षका रूपमा रहँदा २०२४ सिक्वेलको बर्ष बन्ने चर्चा सुरु भएको छ ।

यो बर्ष ‘रेड २’,‘दे दे प्यार दे’,भूल भुलैया ३’,‘सिंघम अगेन’,‘वेलकम टू द जंगल’ जस्ता फिल्मका साथमा बलिउड स्टारहरू धमाल गर्ने सोचमा छन् । जसमध्ये बलिउडमा खेलाडीका रूपमा चिनिने अक्षयकुमार यो बर्ष केही सिक्वेलका साथ देखा पर्ने छन् । यो बर्ष उनले ४ ओटा फिल्ममार्फत धूम मच्चाउने छन् । 

सन् २०१८ मा बनेको ‘राउडी राठौर’ मार्फत उनी दर्शकमा छाएका थिए । सोनाक्षी सिन्हासहितको उनको जोडी खुब जम्दा ‘राउडी राठौर’को सिक्वेल पनि यसै बर्ष बन्दै छ । यसको स्क्रिप्टको काम सकिसकेको छ । रिपोर्टहरूका अनुसार फिल्मका बारेमा तमिल निर्देशक पा रन्जितसंग कुराकानी भईरहेको छ ।

रन्जित पनि नयाँ फ्लेवरका साथ सिक्वेलमा काम गर्न उत्सुक रहेको बताइएको छ । उनी त्यही निर्देशक हुन् जसले रजनिकान्तको ‘काला’‘कबाली’ जस्ता फिल्मको निर्देशन गरेका थिए ।

सामाजिक मुद्दामा फिल्म बनाउने निर्देशका रूपमा छवि बनाएका उनको ‘राउडी राठौर’को सिक्वेलमा प्रवेश नयाँ स्वाद दिने प्रयासका रूपमा हेरिएको छ । 

अर्थात ‘राउडी राठौर’को सिक्वेलको चर्चाले अहिलेबाटै दर्शकको ध्यान खिचिरहेको छ । यो बर्षको अन्त्यसम्ममा फिल्मको औपचारिक घोषणा गरिने चर्चा छ । तर यसमा पनि अक्षयकुमार हुन्छ या हुँदैनन् ? धेरैको चासो छ । 

‘राउडी राठौर’को सिक्वेलका लागि अहिलेसम्म कुनै कलाकार निश्चित भई सकेका छैनन् । निर्देशक टुङ्गो लागेपछि मात्रै सिक्वेलका लागि कलाकार छानिने छ ।

तर यो निश्चित छैन कि ‘राउडी राठौर’मा सफल साबित गरेका अक्षयकुमार र सोनाक्षी सिन्हा छानिन्छन् या अरू नै स्टार नयाँ भूमिका सहित देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?