मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीव्र सवारी हाक्नेहरु होसियार ! यी ठाउँमा थपिँदै छन् स्मार्ट क्यामरा

काठमाडौँ – ट्राफिक नियम पालनालाई अझ कडाइ गर्न काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले प्रविधि विकासमा जोड दिन थालेको छ ।

यसैका लागि ट्राफिक नियम उलङ्घन गरेका सवारीसाधन पहिचान गर्न काठमाडौँका थप तीन ठाउँमा नम्बर प्लेट पहिचान गर्न सक्ने क्यामेरा जडानको काम अघि बढाएको हो । 
कार्यालयका अनुसार अब नयाँ बसपार्क, मूनी भैरव र महाराजगन्ज क्षेत्रमा यस्ता क्यामरा जडान गरिने छ । 

यस्ता क्यामरालाई अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर ) सिस्टमको क्यामेरा भनिन्छ भने यसले  बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेका हुन्छन् ।

तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ वा ट्राफिक नियम उलङ्घन गरे त्यसको जानकारी जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।

जसले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीमा ल्याउन सहज हुने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी दिनेशराज मैनाली बताए ।

यसले ट्राफिक जनशक्ति र समयको समेत बचत हुने कार्यालयले अपेक्षा लिएको छ । 

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा भइरहेको यो कार्यक्रम अन्तर्गत यसअघि नै कोटेश्वर, महालक्ष्मीस्थान र धोबीघाट क्षेत्रमा यस्ता अत्याधुनिक क्यामेरा जडान भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?