मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरूले मनोनयन दर्ता गर्दै छन्। निर्वाचन आयोगले  मनोनयन पत्र दर्ताका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरेको छ। 

आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई  निर्धारण गरिएको छ। 

संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाका १ तिहाइ अर्थात जना सदस्य को पदावधि आगामी फागुन २० गतेदेखि सकिँदै छ। 

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। राष्ट्रपतिबाट मनोनीत बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो। 

यस पटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरूले साझा उम्मेदवार उठाउने भएका छन्।

सत्तारुढ दलहरूबिच भएको सहमति अनुसार  नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने छन् । 

यस्तै एमाले एक्लै १९ सिट मै उम्मेदवार उठाएर चुनावी मैदानमा होमिदा राप्रपाले पनि उम्मेदवारी दिने छ । 

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै सिटका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?